Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बाजुरामा मत गणना सुरु

बाजुरामा मत गणना सुरु

  • समाचार
  • फाल्गुण २२, २०८२ शुक्रवार २१:१८ बजे
  • 739
    SHARES
  • बाजुरामा मत गणना सुरु

    आज बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकको निर्णयअनुसार आज बेलुकी ७ बजेदेखि मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले राससलाई जानकारी दिनुभयो ।

    उहाँकाअनुसार ११८ मतदान केन्द्रको मतपेटिका मत गणनास्थलमा ल्याइसकेपछि हिमाली गाउँपालिकाबाट मत गणना सुरु गरिएको हो । जिल्लामा ८७ हजार ८६१ मतदाता कायम रहेकामा ५१ दशमलव ६६ प्रतिशत अर्थात् ४५ हजार ३० मत खसेको थियो ।

    एक मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा सात राजनीतिक दल र एक स्वतन्त्र गरी आठ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend