Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

ललितपुर–१ रास्वपाका महर्जन विजयी

ललितपुर–१ रास्वपाका महर्जन विजयी

  • समाचार
  • फाल्गुण २३, २०८२ शनिवार १२:०९ बजे
  • 325
    SHARES
  • ललितपुर–१ रास्वपाका महर्जन विजयी

    पाटन (ललितपुर), २३ फागुनः ललितपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बुद्धरत्न महर्जन २३ हजार ३७३ मतका साथ विजयी हुनुभएको छ । निर्वाचन अधिकृत सर्वोच्च अदालतका उपरजिष्ट्रार ईशा सुवेदीका अनुसार रास्वपाका महर्जनले नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर राणालाई ९ हजार ८५३ मतले पछि पार्दै जित हासिल गर्नुभएको हो ।

    प्रतिस्पर्धी उम्मेदवार राणाले १३ हजार ५२० मत प्राप्त गर्नुभएको छ । त्यस्तै ६ हजार ५४६ मत प्राप्त गरी नेकपा (एमाले)का उम्मेदवार चेतनाथ सञ्जेलले तेस्रो स्थान हासिल गर्नुभएको छ ।

    यस क्षेत्रमा निर्वाचन क्षेत्रमा कूल ७७ हजार ७३७ मतदाता रहेकामा ५२ हजार ६३२ मत खसेको थियो । खसेको मतमध्ये दुई हजार ४९ मत बदर भएको छ । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा २८ जना उम्मेदवार बन्नुभएको थियो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend