Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नवलपुर–२ मा रास्वपाका खनाल विजयी

नवलपुर–२ मा रास्वपाका खनाल विजयी

  • समाचार
  • फाल्गुण २३, २०८२ शनिवार २०:३० बजे
  • 319
    SHARES
  • नवलपुर–२ मा रास्वपाका खनाल विजयी

    त्रिवेणी (नवलपरासी), २३ फागुन: नवलपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मनिस खनाल ४१ हजार ३४७ मतसहित विजयी हुनुभएको छ ।

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँले नेकपा (एमाले) का तिलक महतलाई २५ हजार ५९२ मत अन्तरले पाराजित गर्नुभयो । महतले १५ हजार ७५५ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांगे्रसका ओमबहादुर घर्तीले १४ हजार ७१३ मत प्राप्त गर्नुभएको छ ।

    यस क्षेत्रमा ७९ हजार ८०२ मत खसेको थियो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend