Logo

बिहिवार, कार्तिक १३ गते २०८३

हुम्लामा कांग्रेसका रोकाया अग्रस्थानमा

हुम्लामा कांग्रेसका रोकाया अग्रस्थानमा

  • समाचार
  • फाल्गुण २३, २०८२ शनिवार २०:५१ बजे
  • 526
    SHARES
  • हुम्लामा कांग्रेसका रोकाया अग्रस्थानमा

    सिमकोट (हुम्ला), २३ फागुनः हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ । यहाँ नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया ५७५ मतान्तरसहित अग्रस्थानमा हुनुहुन्छ । हालसम्म छ वटा मतदान केन्द्रको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले बताउनुभयो ।

    उहाँका अनुसार रोकायाले छ हजार ८५५ मत ल्याउनुभएको छ भने नेपाली कम्यनिष्ट पार्टी (नेकपा)का उम्मेदवार डा दिपेन्द्र रोकायाले छ हजार २८० प्राप्त गर्नुभएको छ । सिमकोटका पाँच वटा र नाम्खा गाउँपालिकाका १२ वटा मतदान केन्द्रको मतगणना गर्न बाँकी छ ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दलबहादुर फडेराले तीन हजार ५८५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की टाँसी लाजोमले १७५, राप्रपाका छक्क बुढाले १११ मत ल्याउनुभएको छ । हालसम्म ३०८ मत बदर भएको छ । हुम्लामा ३४ हजार ३७२ मतदाता रहेकामा २२ हजार ४६७ मत खसेको थियो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend