Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रतिनिधिसभा सदस्य निर्वाचन : म्याग्दीमा समानुपातिक मतमा रास्वपाको अग्रस्थान

प्रतिनिधिसभा सदस्य निर्वाचन : म्याग्दीमा समानुपातिक मतमा रास्वपाको अग्रस्थान

  • समाचार
  • फाल्गुण २४, २०८२ आइतवार ०९:०५ बजे
  • 679
    SHARES
  • प्रतिनिधिसभा सदस्य निर्वाचन : म्याग्दीमा समानुपातिक मतमा रास्वपाको अग्रस्थान

    म्याग्दी, २४ फागुन ः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत यहाँ समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।

    गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित हुनुभएको थियोे । मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाका अनुसार जिल्लामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धेरै मत पाएको छ । रास्वपाले १९ हजार ९८७, नेकपा (एमाले)ले नौ हजार ४५७, नेपाली कांग्रेसले सात हजार ५९४ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले चार हजार १६२ मत प्राप्त गरेका छन् ।

    श्रम संस्कृति पार्टीले एक हजार ७१५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आठ सय ४४, राष्ट्रिय मुक्ति पार्टीले सात सय ६२ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले एक सय ७७ मत पाएका छन् ।

    जिल्लामा समानुपातिकतर्फ ४७ हजार २६१ मत खसेको थियो । एक हजार ७१० मत बदर र ४५ हजार ९०६ मतगणना भएको थियो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend