Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पाँचथरमा कांग्रेसका केरुङ विजयी

पाँचथरमा कांग्रेसका केरुङ विजयी

  • समाचार
  • फाल्गुण २४, २०८२ आइतवार ०९:५४ बजे
  • 535
    SHARES
  • पाँचथरमा कांग्रेसका केरुङ विजयी

    पाँचथर, २४ फागुन ः पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनाअनुसार उहाँ १७ हजार २३३ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका हस्तराज शेर्माले १४ हजार ७३४ मत प्राप्त गर्नुभयो । केरुङ श्रम संस्कृति पार्टीका शेर्माभन्दा दुई हजार ४९९ बढी मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।

    यस्तै नेकपा (एमाले) अइन्द्रसुन्दर नेम्वाङले १४ हजार ५३४, नेपाली कम्युनिष्ट पार्टीका हर्कबहादुर नेम्बाङले ११ हजार ४४३, राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्रविक्रम थाम्सुहाङले चार हजार १९७, राष्ट्रिय परिवर्तन पार्टीका टेकबहादुर सुब्बाले दुई हजार ८२५ मत पाउनुभएको मुख्य निर्वाचनको अधिकृतको कार्यालयले जनाएको छ ।

    त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका तेजकुमार कुरुम्बाङले ९२५, जनता समाजवादी पार्टी नेपालका मचिन्द्रप्रसाद बेघाले २४७, मङ्गोल नेसनल अर्गनाइजेसनका रामकुमार तुम्रोकले १६२, प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रकाश काफ्लेले ११५, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भानुभक्त फियाकले १८० र नेकपा (माओवादी)का विजय नेम्बाङले ९० नेपाल जनमुक्ति पार्टीका नरेन्द्रप्रसाद कुरुम्बाङले ६१ र नेपाल मजदुर किसान पार्टीका लछुमन तामाङले ३२ मत पाउनुभएको छ ।

    जिल्लामा एक लाख ४३ हजार ४०८ मतदाता रहेकामा प्रत्यक्षतर्फ ७० हजार ८१८ मत खसेको मुख्य निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिनुभयो । यसमध्ये ६६ हजार ९२१ मत सदर हुँदा तीन हजार ८९७ मत बदर भएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend