Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कामदार मागपत्र प्रमाणीकरण कार्य स्थगित

कामदार मागपत्र प्रमाणीकरण कार्य स्थगित

  • समाचार
  • फाल्गुण २७, २०८२ बुधवार २१:०३ बजे
  • 448
    SHARES
  • कामदार मागपत्र प्रमाणीकरण कार्य स्थगित

    काठमाडौँ, २७ फागुन : इजरायल–अमेरिका र इरान युद्धका कारण नागरिक सुरक्षालाई केन्द्रमा राख्दै सरकारले मध्यपूर्वी देशहरूमा मागपत्र प्रमाणीकरण कार्य अनिश्चितकालका लागि स्थगित गरेको छ ।

    युद्धबाट प्रभावित हुने निश्चित देशहरूका लागि सरकारले कामदार पठाउन रोक लगाएको हो । परराष्ट्र मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव अमृतबहादुर राईले इजरायल, अमेरिका र इरान तीन देशबाट नेपालका लागि आउने कामदारहरूको मागपत्र प्रमाणीकरण रोकेको जानकारी दिनुभयो ।

    साथै, युद्धग्रस्त देशमा नेपाली नागरिकको सुरक्षामा ध्यान दिँदै वैदेशिक रोजगार विभागलेसमेत श्रम स्वीकृति रोक लगाएको थियो भने अध्ययनका लागि जान एनओसी जारी गर्न पनि प्रतिबन्ध लगाएको छ । सचिव राईको संयोजकत्वमा रहेको उच्चस्तरीय इमर्जेन्सी रेस्पोन्स टिम(इआरटी)ले फागुन २० गते बसेको बैठकले मागपत्र प्रमाणीकरण नगर्न निर्देशन दिने निर्णय गरेको थियो ।

    सोही निर्णयबमोजिम खाडी मुलुकमा रहेका नेपाली दूतावासहरूले मागपत्र प्रमाणीकरणसम्बन्धी कार्य अर्को सूचना अनाएसम्म स्थगन गरेका हुन् ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend