Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बम विस्फोटको घटनाप्रति बारको भर्त्सना

बम विस्फोटको घटनाप्रति बारको भर्त्सना

  • समाचार
  • फाल्गुण २७, २०८२ बुधवार २१:०५ बजे
  • 493
    SHARES
  • बम विस्फोटको घटनाप्रति बारको भर्त्सना

    काठमाडौँ, २७ फागुनः नेपाल बार एसोसिएसनले सिरहा जिल्ला अदालत बार एसोसिएसन अगाडि अधिवक्ता मधुसुदन यादवको ल फर्ममा बम विस्फोट भएको घटनाप्रति घोर भर्त्सना गरेको छ ।

    आज ४ बजे बम विस्फोट हुँदा ल फर्मको सिसा र भित्र रहेका कामजात तथा फर्निचरहरुमासमेत क्षति भएको छ । नेपाल बार एसोसिसनका महासचिव केदारप्रसाद कोइरालाले रासससँग भन्नुभयो, “बार सो घटनाप्रति घोर भर्त्सना गर्दछ, घटनाको छानबिन गरी, दोषीउपर कारबाही गर्न र ल फर्ममा भएको क्षतिपूर्ति दिन सरकारसँग माग गर्दछ ।”

    सो घटना कस्ले गराएको र के कति कारणले बम विस्फोट भएको भन्नेबारे पूर्ण विवरण भने आएको छैन ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend