Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको अनुभूति गराउन प्रयासरत छौँ : मुख्यमन्त्री बानियाँ

नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको अनुभूति गराउन प्रयासरत छौँ : मुख्यमन्त्री बानियाँ

  • समाचार
  • फाल्गुण २७, २०८२ बुधवार २१:१२ बजे
  • 445
    SHARES
  • नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको अनुभूति गराउन प्रयासरत छौँ : मुख्यमन्त्री बानियाँ

    बागमती, २७ फागुनः बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले स्वास्थ्य क्षेत्रको सुधार गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको अनुभूति गराउन प्रदेश सरकार प्रयासरत रहेको बताउनुभएको छ ।

    मकवानपुरको बकैया गाउँपालिकास्थित बिपी स्मृति आधारभूत अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले स्वास्थ्य क्षेत्रमा सुधार गर्दै नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन प्रदेश सरकार प्रयासरत रहेको बताउनुभयो ।

    पछिल्लो समय हेटौँडा अस्पतालमा देखिएका समस्या समाधान गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै लगिएको बताउँदै स्वास्थ्य संस्थामा औषधि तथा उपकरणको अभाव हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । गरिबका छोराछोरीलाई डाक्टर बन्न प्रदेश सरकारले छात्रवृत्ति लगायतका कार्यक्रमसमेत सञ्चालन गरेको बताउँदै मुख्यमन्त्री बानियाँले उपचारको अभावमा कुनै पनि नागरिकलाई ज्यान गुमाउनुुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो ।

    सङ्घीय सरकारको रु छ करोड ५८ लाख ९९ हजार १७६ लागतमा निर्माण भएको उक्त अस्पताल भवनको मुख्यमन्त्री बानियाँले उद्घाटन गर्नुभएको हो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend