Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ढोरपाटनमा फैलिएको दादुरा महामारी नियन्त्रणमा

ढोरपाटनमा फैलिएको दादुरा महामारी नियन्त्रणमा

  • समाचार
  • फाल्गुण २७, २०८२ बुधवार २१:१४ बजे
  • 463
    SHARES
  • ढोरपाटनमा फैलिएको दादुरा महामारी नियन्त्रणमा

    काठमाडौँ, २७ फागुनः बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणमा आएको छ । उक्त दादुरा नियन्त्रणमा आएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो ।

    सङ्घ, प्रदेशबाट गएका स्वास्थ्यकर्मी तथा स्थानीय तहका स्वास्थ्यकर्मीको पहलमा दादुरा नियन्त्रणमा आएको उहाँले बताउनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उक्त नगरपालिकाको ७, ८ र ९ का पाँच जनामा दादुरा सङ्क्रमित पुष्टि भएको छ । उहाँका अनुसार हाल नगरपालिकामा ७४ शङ्कास्पद बिरामी छन् ।

    १४ नमूना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशालामा पठाइएको उहाँले जानकारी दिनुभयो । अहिले बिरामीको बुर्तिबाङ अस्पताल र बोबाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । ढोरपाटन नगरपालिकामा दादुराविरुद्धको विशेष खोप अभियान यही फागुन २९ गतेदेखि चैत १ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको छ ।

    नगरपालिकाभित्र विद्यालयमा अध्ययनरत कक्षा ६ माथिका तथा १० वर्षदेखि २० वर्ष उमेर समूहका करिब सात हजार जनालाई दादुराविरुद्धको खोप सञ्चालन गरिने उहाँले बताउनुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend