Logo

बिहिवार, कार्तिक १३ गते २०८३

झापामा पत्रकारलाई अभद्र व्यवहार गर्ने पक्राउ

झापामा पत्रकारलाई अभद्र व्यवहार गर्ने पक्राउ

  • समाचार
  • फाल्गुण ३०, २०८२ शनिवार १३:०० बजे
  • 478
    SHARES
  • झापामा पत्रकारलाई अभद्र व्यवहार गर्ने पक्राउ

    झापा, ३० फागुनः पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय युवराज पाठकलाई प्रहरीले आज बिहान पक्राउ गरेको जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पाठकले रातोपाटी डटकम कोशीका प्रमुख अर्जुन आचार्यमाथि गत फागुन १४ गते अभद्र व्यवहार गरेका थिए ।

    सोही आरोपमा इलाका प्रहरी कार्यालय दमक र झिलझिलेको संयुक्त टोलीले उहाँलाई शिवसताक्षी नगरपालिका–४ बाट फेला पारी नियन्त्रणमा लिएको प्रवक्ता खड्काले जानकारी दिनुभयो । पाठकलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान गरिरहेको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend