Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दुई दिनदेखि हराएका युवकको शव फेला

दुई दिनदेखि हराएका युवकको शव फेला

  • समाचार
  • फाल्गुण ३०, २०८२ शनिवार २०:३९ बजे
  • 529
    SHARES
  • दुई दिनदेखि हराएका युवकको शव फेला

    मान्म (कालीकोट), ३० फागुनः बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र बुढाको शव भेटिएको परेको छ । उहाँको शव आज नरहरिनाथ-२ स्थित मजिउन खोला र बुक खोलाको बीचमा भेटिएको हो ।

    उहाँ बिहीबार खाना खाएर घरबाट निस्किनुभएको थियो । त्यसपछि सम्पर्क हुन नसकेको परिवार स्रोतले जनाएको छ । आज दिउँसो बालुवा लिन गएका स्थानीयले खोलाको बीचमा शव देखेपछि कुमाल गाउँ प्रहरी चौकीलाई खबर गरेका प्रहरी निरीक्षक गणेश ज्ञवालीले बताउनुभयो । “उहाँको शव सडकबाट ५०० मिटर तल खोला नजिकै पाइएको हो । यसबारे घटनाको अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend