Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सुजनलाई दोहोरो स्वर्ण

सुजनलाई दोहोरो स्वर्ण

  • समाचार
  • चैत्र २, २०८२ सोमवार १४:१७ बजे
  • 226
    SHARES
  • सुजनलाई दोहोरो स्वर्ण

    काठमाडौँ, २ चैतः नेपाली उमा कुङफु खेलाडी सुजन कक्षपतिले अन्तरराष्ट्रिय प्रतियोगितामा दोहोरो स्वर्ण जितेका छन् । उनले पहिलो पटक सो प्रतियोगितामा भाग लिएका हुन्

    ।

    जर्मनीमा भएको ब्याटल अफ बभेरियामा सुजनले दुई फरक विधामा स्वर्ण पदक जितेको नेपाल उमा कुङफु सङ्घका अध्यक्ष एवं डब्लुएमएसी नेपाल च्याप्टरका महासचिव सञ्जीतकुमार राईले जानकारी दिए । वल्र्ड मार्सल आट्र्स कमिटी (डब्लुएमएसी) द्वारा आयोजित उक्त प्रतियोगितामा सुजनले चाइनिज क्रिएटिभ फम र ट्रेडिसनल फम विथ वेपनमा प्रतिस्पर्धा गरेका थिए । चाइनिज क्रिएटिभ फममा सुजनले २३.०२ अङ्क प्राप्त गरे । यो स्पर्धामा पाँच जना सहभागी थिए । सात खेलाडीले भाग लिएको ट्रेडिसनल फम विथ वेपनमा सुजनले २२.५८ अङ्क पाएका थिए ।

    प्रतियोगितामा नेपालसहित १० राष्ट्रका एक हजार २०० खेलाडीको सहभागिता रहेको सङ्घले जनाएको छ । सुजनले सातौँ राष्ट्रिय प्रतियोगितामा उमा कुङफु च्याम्पियनसिपमा रजत पदक प्राप्त गरेका थिए ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend