Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सुदूरपश्चिमका विभिन्न अस्पताल व्यवस्थापन समितिका पदाधिकारी नियुक्त

सुदूरपश्चिमका विभिन्न अस्पताल व्यवस्थापन समितिका पदाधिकारी नियुक्त

  • समाचार
  • चैत्र २, २०८२ सोमवार २१:३५ बजे
  • 445
    SHARES
  • सुदूरपश्चिमका विभिन्न अस्पताल व्यवस्थापन समितिका पदाधिकारी नियुक्त

    सुदूरपश्चिम, २ चैतः सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न अस्पतालका पदाधिकारी नियुक्त गरेको छ ।

    मन्त्रालयका सचिव डा हेमराज रेग्मीले कैलालीको सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बलराम जैशी भट्टलाई नियुक्त गरिएको जानकारी दिनुभयो ।

    समितिको सदस्यमा दिनेशराज भट्ट, सरिताकुमारी चौधरी, निरञ्जन शाह नियुक्त हुनुभएको छ । व्यवस्थापन समितिमा रिक्त तीन सदस्य पद नियुक्त गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

    यसैगरी डडेल्धुराको जोगबुढा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा कैलाशसिंह धामी नियुक्त गरिएको छ । समितिको सदस्यमा भवानीसिंह बोहरा, हर्कबहादुर विष्ट, ईश्वरी ठकुराठी, महादेव भट्ट, वसन्ती पाण्डेय र कमलापति जोशी नियुक्त हुनुभएको छ ।

    यस्तै, कैलालीको लम्की प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा रामबहादुर विष्ट नियुक्त हुनुभएको छ । समितिको सदस्यमा शशिरा शाही, धीरेन्द्र थापा, भीम थारु र हिमालय स्वाँर नियुक्त हुनुभएको छ ।

    मन्त्रालयका सचिव रेग्मीका अनुसार यी अस्पतालमा करिब एक वर्षदेखि व्यवस्थापन समितिका पद रिक्त रहेका थिए ।

    सुदूरपश्चिम प्रदेश अस्पताल व्यवस्थापन गठन आदेशअनुसार मन्त्रिस्तरीय निर्णयबाट समितिका पदाधिकारी नियुक्त गरिएका हुन् ।

    अब प्रदेशका विभिन्न छ जिल्ला अस्पताल, टीकापुर अस्पताल र महाकाली प्रदेशिक अस्पताल व्यवस्थापन समितिका पदाधिकारी नियुक्त गर्न बाँकी रहेको जनाइएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend