Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

  • समाचार
  • चैत्र ३, २०८२ मंगलवार २१:२३ बजे
  • 352
    SHARES
  • चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

    काठमाडौँ, ३ चैत : प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको सफलताप्रति चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)ले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

    सिपीसीको अन्तरराष्ट्रिय विभागले पठाएको उक्त बधाई सन्देशमा दुई पार्टीबीचको बढ्दो सम्बन्धप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा हुने सहकार्यबाट सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरिएको छ ।

    रास्वपाका अन्तरराष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालले पार्टीलाई प्राप्त पत्रबारे जानकारी दिनुभएको हो ।

    उहाँका अनुसार पत्रमार्फत सिपीसीले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा चीन र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा व्यक्त गरिएको छ ।

    सो पत्रमा दुई देशबीचको राजनीतिक आपसी विश्वासलाई थप मजबुत बनाउँदै दुवै देश र जनताको हितमा ‘साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ ।

    सिपीसीले रास्वपासँग विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान, आपसी सिकाइ तथा द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि सहकार्य गर्न तत्परता देखाएकोे रास्वपाका नेता खनालले जानकारी दिनुभयो ।

    रास्वपाले नेपालको स्वतन्त्र परराष्ट्र नीति तथा पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध रहँदै छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्ने जनाएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend