Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पौडी पोखरीको छानामा पु-याएको क्षतिको निरीक्षण

पौडी पोखरीको छानामा पु-याएको क्षतिको निरीक्षण

  • समाचार
  • चैत्र ४, २०८२ बुधवार २०:५४ बजे
  • 643
    SHARES
  • पौडी पोखरीको छानामा पु-याएको क्षतिको निरीक्षण

    काठमाडौँ, ४ चैतः हावाहुरीले हिटिङ पौडी पोखरीको छानामा पु-याएको क्षतिको आज निरीक्षण गरिएको छ ।

    सातदोबाटोस्थित अन्तरराष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरीको निरीक्षण गरिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्यत्रय कमलबहादुर भट्टराई, भानबहादुर चन्द र सुवर्ण श्रेष्ठसहितको टोलीले स्थलगत निरीक्षण गर्दै प्रमुख लीलाराम बस्नेतसँग सोमबारको हुरीले पु¥याएको क्षतिबारे जानकारी लिनुभएको थियो ।

    सो अवसरमा सदस्य–सचिव मेहताले यथाशीघ्र मर्मतका लागि निर्देशन दिनुभएको थियो । निरीक्षणका दौरान प्रशासन विभागका प्रमुख भोजानन्द राईलगायतको उपस्थिति थियो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend