Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विदेशी खेलाडीले श्रम स्वीकृति लिएर मात्र खेल्न पाउने

विदेशी खेलाडीले श्रम स्वीकृति लिएर मात्र खेल्न पाउने

  • समाचार
  • चैत्र ५, २०८२ बिहिवार १६:४९ बजे
  • 412
    SHARES
  • विदेशी खेलाडीले श्रम स्वीकृति लिएर मात्र खेल्न पाउने

    काठमाडौँ, ५ चैतः अध्यागमन विभागले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई कुनै पनि खेलमा विदेशी खेलाडीलाई समावेश गराउँदा कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन अनुरोध छ ।

    अध्यागमन विभागले आज प्रेस विज्ञप्ति सार्वजनिक गर्दै एन्फाबाट सञ्चालित राष्ट्रिय महिला/पुरुष लिग फुटबल प्रतियोगितामा सहभागी भएका फुटबल क्लबहरूले पर्यटक भिसा लिएका विभिन्न मुलुकका विदेशी खेलाडीहरूलाई समावेश नगराउन आग्रह गरेको हो ।

    एन्फाबाट सञ्चालन भएको राष्ट्रिय महिला/पुरुष लिग फुटबल खेलमा सहभागी भएका फुटबल क्लबहरूले पर्यटक भिसा लिएका विभिन्न मुलुकका विदेशी खेलाडीलाई समेत समावेश गरेको भन्ने व्यहोराको उजुरी यस विभागमा प्राप्त हुन आएको छ । तसर्थ कुनै पनि खेलमा विदेशी खेलाडीहरुलाई समावेश गराउनुपर्ने भएमा नियमानुसार कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउनुहुन अनुरोध छ विज्ञप्तिमा उल्लेख गरेको छ ।

    विभागले यस विषयमा आजैदेखि अनुगमन प्रारम्भ गरेको समेत जनाएको छ । स्वीकृति नलिएका विदेशी खेलाडीहरु भिसाको उद्देश्य विपरीत कुनै पनि खेलमा सहभागी भएको पाएमा तत्काल कारबाही अगाडि बढाइने विज्ञप्तिमा जनाएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend