Logo

बिहिवार, कार्तिक १३ गते २०८३

‘लम्की चुहा प्रादेशिक अस्पताल चाँडै सञ्चालनमा’

‘लम्की चुहा प्रादेशिक अस्पताल चाँडै सञ्चालनमा’

  • समाचार
  • चैत्र ५, २०८२ बिहिवार २१:०४ बजे
  • 571
    SHARES
  • ‘लम्की चुहा प्रादेशिक अस्पताल चाँडै सञ्चालनमा’

    गोदावरी (कैलाली), ५ चैतः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लम्कीचुहामा निर्माण गरिएको लम्की चुहा प्रादेशिक अस्पताल चाँडै सञ्चालनमा ल्याइने बताउनुभएको छ ।

    लम्कीमा आज आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले प्रचलित कानुन तथा ऐनको दायराभित्र रही अस्पताल सञ्चालनको प्रक्रिया चाँडै अघि बढाइने बताउनुभयो । उहाँले प्रक्रियागत ढङ्गबाट सबै काम अगाडि बढिरहेको उल्लेख गर्दै अस्पताल सञ्चालनका विषयमा अनावश्यक भ्रममा नपर्न सबैलाई आग्रह गर्नुभयो ।

    स्वास्थ्य चौकीबाट स्तरोन्नति गरिएको सो अस्पताल हाल ५० शैय्याको बनाइएको छ । दीर्घकालीन रूपमा प्रभावकारी सेवा दिन कानुनी प्रक्रिया पूरा गरी सञ्चालनमा ल्याएर अस्पतालसँग सम्बन्धित कुनै पनि कर्मचारीको रोजीरोटी नखोसिने मुख्यमन्त्री शाहले स्पष्ट पार्नुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend