Logo

बिहिवार, कार्तिक १३ गते २०८३

वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा

वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा

  • समाचार
  • चैत्र ७, २०८२ शनिवार २०:३९ बजे
  • 475
    SHARES
  • वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा

    अर्घाखाँची, ७ चैतः नेपाली लोकसङ्गीतमा मौलिक स्वाद र सांस्कृतिक सम्मिश्रण प्रस्तुत गर्दै आएका गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ गीत बजारमा आएको छ ।

    मगर र गुरुङ समुदायको सांस्कृतिक मिठासलाई एउटै कथामा समेटिएको उहाको नयाँ गीत वसन्त लम्साल ‘युट्युब’बाट सार्वजनिक भएको छ । यस गीतमा मनोरञ्जनसँगै सामाजिक सन्देशलाई पनि प्रभावकारी ढङ्गले प्रस्तुत गरिएको छ । गीतमा विश्वास नेपालको सङ्गीत संयोजन, लम्सालसँगै सपना गाहा र सम्झना रणपालको स्वर रहेको छ ।

    अर्घाखाँचीको पाणिनी गाउँपालिकमा जन्मिएका वसन्त लम्सालले यसअघि सार्वजनिक गरिएको मगर्नीको तीनपाने भाग १ ले पाँच ‘मिलियन’भन्दा बढी ‘भ्युज’ प्राप्त गरेको थियो । मगर समुदायको तीनपाने र गुरुङ समुदायको तुम्बा संस्कृतिलाई कलात्मक ढङ्गले एकीकृत गर्दै प्रस्तुत गर्नुभएको छ ।

    लम्सालले १५० भन्दा बढी गीतमा स्वर दिइसक्नुभएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend