Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

  • समाचार
  • चैत्र ८, २०८२ आइतवार २०:२३ बजे
  • 391
    SHARES
  • सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

    काठमाडौँ, ८ चैतः सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता आज मन्त्रालयमा बैठक बसी सुरक्षा तयारीबारे छलफल भएको छ ।

    गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, मन्त्रालयका उच्च अधिकारीसहितको बैठकले नवनिर्वाचित सङ्घीय सांसदहरुको सपथ ग्रहण र अधिवेशन सञ्चालनदेखि सिंहदरबार भित्रको आन्तरिक सुरक्षा तयारीबारे छलफल भएको हो ।

    बैठकमा गृहमन्त्री अर्यालले सांसदहरुको सपथ ग्रहण, संसद अधिवेशन सञ्चालन र व्यवस्थापन तथा सिंहदरबारभित्रका मन्त्रालयको सुरक्षालाई समेत ध्यानमा राखेर ट्राफिक व्यवस्थापन, सुरक्षा व्यवस्थापन र आर्थिक व्यवस्थापन गर्न निर्देशन दिनुभयो । सो अवसरमा सुरक्षाको आवश्यकीय प्रवन्ध गरिएको प्रहरीका उच्च अधिकारीबाट जानकारी गराइएको थियो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend