Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एक वृद्धसहित दुई शव फेला

एक वृद्धसहित दुई शव फेला

  • समाचार
  • चैत्र ९, २०८२ सोमवार २०:२४ बजे
  • 253
    SHARES
  • एक वृद्धसहित दुई शव फेला

    दमक (झापा), ९ चैतः यहाँको कमल गाउँपालिकामा आज एकै दिन एक वृद्धसहित दुई शव फेला परेको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार कमल गापा–३ तोपगाछीस्थित २१ नम्बर सैनिक बाहिनीमा कार्यरत ३३ वर्षीया टिका आङ्देम्बे र कमल गाउँपालिका–२ क्याम्पा निवासी ७२ वर्षीय लालबहादुर तामाङ स्याङ्बोको झुण्डिएको अवस्थामा शव फेला परेको हो ।

    मृतक आङ्देम्बेका श्रीमान अम्बर थापा पनि सोही सैनिक कार्यालयमा कार्यरत रहेको प्रहरीले जनाएको छ । दुवै शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि परिवारलाई जिम्मा दिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend