Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

  • समाचार
  • चैत्र ९, २०८२ सोमवार २०:३४ बजे
  • 328
    SHARES
  • बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

    देवदह (रुपन्देही), ९ चैत : दुई दिनसम्म परेको बैमौसमी वर्षाले रुपन्देहीामा ठूलो परिणाममा काँचो इँटामा क्षति पुगेको छ । शुक्रबार र शनिबार हुरीबताससहितको वर्षाका कारण काँचो इँटा नष्ट भएको लुम्बिनी इँटा व्यवसायी सङ्घका महासचिव बाबुराम पाठकले जानकारी दिनुभयो ।

    “जिल्लामा हाल ३० वटा इँटा उद्योग सञ्चालनमा छन् । पछिल्लो समय कोइला र पेट्रोलियम पदार्थ (डिजेल)मा मूल्यवृद्धि हुँदा उद्योगी मारमा परेका छन्, त्यसैमा वर्षाका कारण करोडौँ इँटामा क्षति हुँदा थप मर्कामा परेका छौँ”, उहाँले भन्नुभयो ।

    सङ्घका निवर्तमान अध्यक्ष तथा आरएन ब्रिक्सका सञ्चालक अजयकुमार गुप्ताले रुपन्देहीमा करिब रु तीन करोडभन्दा बढीको काँचो इँटा नष्ट भएको बताउनुभयो । नेपाल इँटा उद्योग महासङ्घका सहकोषाध्यक्षसमेत रहनुभएका उहाँले पोल्नका लागि तयारी अवस्थामा राखिएका काँचो इँटा वर्षाले नष्ट भएको जानकारी दिनुभयो ।

    काँचो इँटाको बिमाको व्यवस्था नहुँदा उद्योगी–व्यवसायी बर्सेनि मर्कामा पर्ने गरेको गुप्ताले बताउनुभयो । अन्य उद्योग–व्यवसाय जस्तै सरकारले काँचो इँटाको बिमा गर्ने नीति ल्याउनुपर्ने यहाँका व्यवसायीको माग छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend