Logo

बिहिवार, कार्तिक १३ गते २०८३

हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट

हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट

  • समाचार
  • चैत्र ९, २०८२ सोमवार २०:४४ बजे
  • 469
    SHARES
  • हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट

    भोजपुर, ९ चैत: यहाँको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ । आज एक औपचारिक कार्यक्रमका ३४ कोठे आधुनिक भवन उद्घाटन गरिएको हो ।

    लिफ्टसहितको चारतले उक्त भवन भ्याटसहित रु सात करोड ८७ लाख ६४ हजार ७६२ को लागतमा निर्माण सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण कम्पनीसँग भएको सम्झौताबमोजिम विसं २०८० साल मङ्सिरबाट सुरु गरिएको भवन दुई वर्षको अवधिमै सम्पन्न गरिएको हो ।

    लिफ्टसहितको पूर्वाधार निर्माण गरिएकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा सेवाग्राहीलाई सहज पहुँच हुने अपेक्षा गरिएको छ । गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले स्थानीय नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्यसहित भवन निर्माण गरिएको बताउनुभयो । “यसअघि आफ्नै भवन नहुँदा पुरानो स्वास्थ्यचौकीको भवन तथा भाडाका संरचनाबाट सेवा सञ्चालन गर्नुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “अब आफ्नै व्यवस्थित भवनबाट सेवा प्रवाह गर्दा सेवाग्राहीलाई धेरै सहज हुनेछ । आजबाट एउटै भवनबाट नागरिकले सेवा लिने अवस्था बनेको छ ।”

    उक्त भवन केन्द्रीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष सुनिता किरातीले बताउनुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend