Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

भुटानमाथि नेपालको जित

भुटानमाथि नेपालको जित

  • समाचार
  • चैत्र ९, २०८२ सोमवार २०:४६ बजे
  • 325
    SHARES
  • भुटानमाथि नेपालको जित

    काठमाडौँ, ९ चैत: बीस वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित गरेको छ ।

    माल्दिभसको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा आज भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि २–१ को जित हासिल गरेको हो । नेपालको जितमा सुजन डङ्गोल र सुवास वमले समान एक–एक गोल गरे । यता भुटानका लागि धेनदुप ग्यालसेनले गोल फर्काए ।

    खेलको पाँचौँ मिनेटमा सुजनले गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ५२औँ मिनेटमा सुवासले गोल गर्दै नेपाललाई २–० गोलको अग्रता बनाए । खेलको ८३औँ मिनेटमा भुटानका धेनदुपले गोल गर्दै खेललाई २–१ तर्फ अगाडि बढाए । त्यसपछि खेलमा गोल हुन सकेन र नेपालले भुटानमाथि २–१ को जित दर्ता गरायो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend