Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीद्वारा भेरी करिडोर अनुगमन

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीद्वारा भेरी करिडोर अनुगमन

  • समाचार
  • चैत्र १०, २०८२ मंगलवार २१:१५ बजे
  • 541
    SHARES
  • भौतिक पूर्वाधार तथा यातायातमन्त्रीद्वारा भेरी करिडोर अनुगमन

    काँक्रेविहार (सुर्खेत), १० चैतः भौतिक पूर्वाधार तथा यातायाता एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भेरी करिडोर सडक आयोजनाको अगुगमन गर्नुभएको छ । उहाँले जाजरकोटको भेरी नगरपालिका–४ पासागाडको जिरो बिन्दुबाट सुरु भएको भेरी करिडोर सडक आयोजनाको डोल्पाको सदरमुकाम दुनैसम्म पुगेर अनुगमन गर्नुभएको हो ।

    मन्त्री चौलागाईंबाट अलपत्र परेका पाँच पुलको अनुगमन गरिएको छ । निर्माणको अन्तिम चरणमा पुगेको ५६ किलोमिटर कालोपत्र भइरहेको छ । रुकुम पश्चिमको आठबीसकोट–५ देखि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ सम्म लगाएको नयाँ ठेक्काको प्रगतिबारे उहाँले जानकारी लिनुभएको थियो ।

    मन्त्री चौलागाईंले सडक निर्माणमा आएका अवरोधका विषयमा त्रिपुरासुन्दरी नगरपालिकामा सरोकारवाला निकायसँग र जिल्ला प्रशासन कार्यालय डोल्पामा छलफल भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिनुभयो । सो क्रममा उपल्लो डोल्पाको करिडोरअन्तर्गतपर्ने ल्यासिक्याप–सिसौल सडक नेपाली सेनालाई दिइएको निर्णयका विषयमा छलफल भएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend