Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बागलुङमा नौ महिनामा १८ क्षयरोगीको मृत्यु

बागलुङमा नौ महिनामा १८ क्षयरोगीको मृत्यु

  • समाचार
  • चैत्र ११, २०८२ बुधवार २०:३१ बजे
  • 352
    SHARES
  • बागलुङमा नौ महिनामा १८ क्षयरोगीको मृत्यु

    ढोरपाटन (बागलुङ), ११ चैतः बागलुङमा चालु आर्थिक वर्षको नौ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ ।

    प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले समयमा उपचार नगर्दा समुदायमा सङ्क्रमण फैलिएसँगै मृत्युदर पनि बढ्को जनाएको छ । गत वर्ष २६४ जना सङ्क्रमति हुँदा १९ जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालयका क्षयरोग निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । यसवर्ष १४४ सङ्क्रमित हुँदा हालसम्म अठार जनाले ज्यान गुमाएका हुन् ।

    घिमिरेका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी गलकोट नगरपालिकाका छन् । गलकोटमा आठ जना संक्रमितको मृत्यु भएको छ । बडिगाड गाउँपालिकामा पाँच, ढोरपाटन नगरपालिकामा दुई, निसीखोला, काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका एक/एकजना रहेको उहाँले जानकारी दिनुभयो ।

    प्रदेश जनस्वास्थ्य कार्यालयले परीक्षणको दायरा बढाउँदै जाँदा सङ्क्रमित फेला पर्न थालेको घिमिरेले बताउनुभयो । विकट बस्तीसम्म क्षयरोगसम्बन्धी जनचेतना नपुग्दा सङ्क्रमक्रण न्यूनीकरण गर्न समस्या भएको उहाँको भनाइ छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend