Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पालिकास्तरीय अस्पतालमा एकैदिन तीन गर्भवतीको शल्यक्रियाद्वारा प्रसूति

पालिकास्तरीय अस्पतालमा एकैदिन तीन गर्भवतीको शल्यक्रियाद्वारा प्रसूति

  • समाचार
  • चैत्र ११, २०८२ बुधवार २०:३३ बजे
  • 475
    SHARES
  • पालिकास्तरीय अस्पतालमा एकैदिन तीन गर्भवतीको शल्यक्रियाद्वारा प्रसूति

    दमौली (तनहुँ), ११ चैतः यहाँको आँबुखैरेनी अस्पतालमा एकै दिन तीन गर्भवतीलाई शल्यक्रियामार्फत् सुत्केरी गराइएको छ ।

    मङ्गलबार शल्यक्रियामार्फत ती गर्भवती सुरक्षित रूपमा शिशुलाई जन्म दिएको अस्पतालले जनाएको छ । आमा र नवजात शिशुहरूको स्वास्थ्य अवस्था सामान्य रहेको पनि अस्पतालले जनाएको छ ।

    अस्पतालका डा देवेन्द्र गौतम नेतृत्वको टोलीले शल्यक्रियामार्फत् सुत्केरी गराएको हो । अस्पताल प्रशासनले सीमित स्रोतसाधनकाबीच पनि सेवा प्रवाह प्रभावकारी बनाउँदै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।

    यसअघि शल्यक्रियामार्फत् प्रसूति सेवा लिन सदरमुकाम दमौली, चितवनको भरतपुर वा पोखरा जानुपर्ने बाध्यता रहेकामा पालिकास्तरीय अस्पतालमै उक्त सुविधा सुरु भएपछि सेवाग्राहीलाई सहज भएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend