Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दुई फर्मलाई जरिवाना, १७ लाई निर्देशन

दुई फर्मलाई जरिवाना, १७ लाई निर्देशन

  • समाचार
  • चैत्र १२, २०८२ बिहिवार ०५:०७ बजे
  • 541
    SHARES
  • दुई फर्मलाई जरिवाना, १७ लाई निर्देशन

    काठमाडौँ, १२ चैतः वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि दुईवटा फर्मलाई नगद जरिवाना गरेको छ ।

    विभागले बुधबार एक विज्ञप्ति जारी गरी पिलग्रिम्स ग्रोसरी प्रालि स्वयम्भूलाई रु दुई लाख एक हजार बराबरको जरिवाना र आरएस किराना तथा ग्यास पसल ललितपुर भँैसेपाटीलाई रु १० हजार जरिवान गरेको जनाएको छ । यस्तै, थप १७ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको जनाएको हो ।

    उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम ती फर्मलाई जरिवाना गरिएको विभागले स्पष्ट पारेको छ । विभागले नियमित रूपमा स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकार भएकाहरूको सहभागितामा नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend