Logo

बिहिवार, कार्तिक १३ गते २०८३

‘नयाँ सरकार निर्माणबाट मुलुकमा आर्थिक चलायमान हुने’

‘नयाँ सरकार निर्माणबाट मुलुकमा आर्थिक चलायमान हुने’

  • समाचार
  • चैत्र १२, २०८२ बिहिवार २१:०९ बजे
  • 376
    SHARES
  • ‘नयाँ सरकार निर्माणबाट मुलुकमा आर्थिक चलायमान हुने’

    मोरङ, १२ चैतः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी सरकारको निर्माणले मुलुकमा आर्थिक चलायमान हुने बताउनुभएको छ ।

    उद्योग सङ्गठन मोरङले विराटनगरको जैन भवनमा आजदेखि सञ्चालन गरेको ‘घर निर्माण प्रदर्शनी’को उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले नयाँ सरकारको निर्माणबाट मुलुकमा राजनीतिक स्थायित्व कायम हुनका साथ पूँजीगत खर्चमा वृद्धि भई समृद्धि कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

    मुख्यमन्त्री कार्कीले सङ्गठनले विराटनगरका पायक पर्ने स्थानमा चारदेखि पाँच कठ्ठा जग्गा उपलब्ध गराएमा आगामी दुई वर्षभित्र आधुनिक, सुविधा सम्पन्न प्रदर्शनीस्थल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विराटनगरमा प्रदर्शनी अन्य स्थानमा भन्दा स्तरीय हुने भएकाले यसबाट जनता, निर्माण तथा सेवा व्यवसायीले लाभ लिने बताउनुभयो ।

    उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष भोलेश्वर दुलाल, प्रदर्शनी संयोजक सुरेन्द्र गोल्छा र उद्योग व्यापार सङ्घ मोरङका अध्यक्ष अनुपम राठीले प्रदर्शनी निर्माणबाट उद्योगलाई चलायमान गराउन सहयोग पुग्ने बताउनुभयो । प्रदर्शनीस्थलमा विभिन्न घर निर्माण सामग्रीका ७५ कक्ष रहेका छन् ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend