Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भिरबाट लडेर घाइते नेपालीको निधन

भिरबाट लडेर घाइते नेपालीको निधन

  • समाचार
  • चैत्र १४, २०८२ शनिवार २०:५५ बजे
  • 223
    SHARES
  • भिरबाट लडेर घाइते नेपालीको निधन

    अदानचुली (हुम्ला), १४ चैतः शुक्रबार दिउँसो भिरबाट लडेर गम्भीर घाइते चङ्खेली गाउँपालिका–२ गर्खाका अक नेपालीको आज निधन भएको छ । 

     शुक्रबार दिउँसो चङ्खेली–४ पाली गएर घर फर्कने क्रममा भिरबाट लडेर घाइते हुनुभएका उहाँलाई थप उपचारका लागि आज नेपालगञ्ज पठाउने तयारी भइरहेको थियो । 

     जिल्ला प्रहरी कार्यालयका प्रमुख शङ्कर खड्काका अनुसार जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि आज हवाई सेवामार्फत नेपालगञ्ज पठाउने तयारी भइरहेको थियो । थप उपचारका लागि नेपालगञ्ज पठाउने अन्तिम प्रयास भइरहेका बेला नेपालीको निधन भएको उहाँले जानकारी दिनुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend