Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रदेशसभा बैठकमा वातावरण समितिको प्रतिवेदन प्रस्तुत

प्रदेशसभा बैठकमा वातावरण समितिको प्रतिवेदन प्रस्तुत

  • समाचार
  • चैत्र १५, २०८२ आइतवार १८:२४ बजे
  • 229
    SHARES
  • प्रदेशसभा बैठकमा वातावरण समितिको प्रतिवेदन प्रस्तुत

    विराटनगर, १५ चैतः कोशी प्रदेशसभाको आजको बैठकमा ‘ उद्योग, पर्यटन तथा वातावरण समितिको आर्थिक वर्ष २०८१/८२ वार्षिक प्रतिवेदन पेस भएको छ । प्रतिवेदन समितिका सभापति रामदेव यादवले पेस गर्नु भएको हो ।

    सभाको शून्य र विशेष समयमा कोशी प्रदेश सभा सदस्यहरुले उठाउनु भएका जिज्ञासामा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले जेन्जी पुस्ताको आन्दोलनबाट प्रदेश सरकार मातहतमा रहेका संरचनामा कुल रु ७६ करोड ९५ लाखको क्षति भएको जानकारी दिनुभयो ।

    उहाँले गएको असोज १८ गतेको बाढी र पहिरोबाट इलाम र ताप्लेजुङमा भएको क्षतिको पुनर्निर्माणका निम्ति स्थापना भएको पुनःनिर्माण कोषमा रु १५ करोड दाखिला भएको बताउनुभयो ।

    कोषमा मौज्दात रकमबाट इलाम र ताप्लेजुङमा यसवर्ष मनसुनजन्य विपत्ति रोक्ने पूर्वाधारमा लगानी गरिने जानकारी उहाँले दिनुभयो ।

    प्रदेशसभाको अर्को बैठक यही चैत १७ गते अपराह्न १ः०० बजे हुनेछ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend