Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अध्यक्ष ओली र पूर्वगृहमन्त्री पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर

अध्यक्ष ओली र पूर्वगृहमन्त्री पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर

  • समाचार
  • चैत्र १५, २०८२ आइतवार १८:२९ बजे
  • 259
    SHARES
  • अध्यक्ष ओली र पूर्वगृहमन्त्री पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर

    काठमाडौँ, १५ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ ।

    अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले उहाँलाई गैरकानुनी थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्नुभएको हो । उक्त रिटमा भोलि सुनुवाइ हुने भएको छ ।

    सर्वोच्च अदालतमा प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार पूर्वगृहमन्त्री लेखकलाई गैरकानुनी रुपमा थुनामा राखिएको जिकिर गरिएको रिटको सुुनुवाइ पनि भोलि नै हुनेछ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend