Logo

बुधवार, कार्तिक १२ गते २०८३

अध्यक्ष राईद्वारा साइबर ब्युरोमा उजुरी

अध्यक्ष राईद्वारा साइबर ब्युरोमा उजुरी

  • समाचार
  • चैत्र १६, २०८२ सोमवार १८:३९ बजे
  • 409
    SHARES
  • अध्यक्ष राईद्वारा साइबर ब्युरोमा उजुरी

    काठमाडौँ, १६ चैत: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमा आफलाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा एक व्यक्तिविरुद्ध उजुरी दिनुभएको छ ।

    अध्यक्ष साम्पाङले सुनिता खड्का नामको टिकटक आइडिबाट आफ्नो घरसमेत जलाउने धम्की आएकाले उजुरी दिएको जानकारी दिनुभयो ।

    “मलगायत मेरो घर परिवारलाई समेत ज्यान मार्ने धम्की दिएको साथै घर जलाउने धम्की दिइ आमसञ्चार माध्यममा टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालमा अपशब्द प्रयोगका साथै गालीगलौज गरी समाजमा भ्रम फैलाएको हुँदा प्रचलित नेपाल सरकारको कानून बमोजिम हदैसम्मको कारवाही गरी पाऊँ”, अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको उजुरीमा उल्लेख छ ।

    साम्पाङ गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend