Logo

बुधवार, कार्तिक १२ गते २०८३

शिवपुरीमा सञ्चालित उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

शिवपुरीमा सञ्चालित उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

  • समाचार
  • चैत्र १८, २०८२ बुधवार १९:०१ बजे
  • 454
    SHARES
  • शिवपुरीमा सञ्चालित उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

    काठमाडौँ, १८ चैत : राष्ट्रिय सुरक्षा साझा बुझाइ र बृहत्तर राष्ट्रिय हितबारे जानकारी दिलाउने उद्देश्यले सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा सञ्चालन भएको एघारौँ संस्करणको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम आज समापन भएको छ ।

    रक्षा मन्त्रालयको आयोजनामा भएको उक्त तालिममा विभिन्न मन्त्रालय, विश्वविद्यालय, सञ्चार जगत् तथा सुरक्षा निकायका ३० जना महानुभाव सहभागी हुनुहुन्थ्यो । तालिम समापन समारोहमा प्रधानसेनापति अशोकराज सिग्देलले सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्दै तालिमबाट राष्ट्रिय सुरक्षाको विषयमा साझा धारणा विकास भई समन्वय र सहकार्य सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले समन्वय र सहकार्यबाट हुने एकीकृत प्रयासबाट सुरक्षा नीतिको सफल कार्यान्वयन हुने बताउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    समारोहमा पूर्वप्रधानसेनापति, रक्षासचिव, विपद् व्यवस्थापन प्राधिकरण प्रमुख, सशस्त्र प्रहरी महानिरीक्षक, रथीवृन्द, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा पदाधिकारीहरू, अन्य सुरक्षा निकायका प्रतिनिधिलगायतको सहभागिता थियो ।

    राष्ट्रिय सुरक्षाको विषयमा राज्यका सम्पूर्ण संयन्त्रबीच एकीकृत कार्यसंस्कृतिको विकास गर्ने उद्देश्यले विसं २०७२ बाट सुरु भएको उक्त तालिम हासम्म दुई सय ८२ जनाले प्राप्त गरिसक्नुभएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend