Logo

बुधवार, कार्तिक १२ गते २०८३

नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन सुरु

नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन सुरु

  • समाचार
  • चैत्र २८, २०८२ शनिवार १६:१६ बजे
  • 286
    SHARES
  • नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन सुरु

    काठमाडौं, २८ चैतः ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आजदेखि सुरु भएको छ । 

     सो सम्मेलनको आज यहाँ समालोचक प्राडा वासुदेव त्रिपाठीले उद्घाटन गर्नुभयो । उद्घाटन सत्रमा नरेन्द्रराज प्रसाई तथा इन्दिरा प्रसाईको सम्पादनमा नइ एकेडेमीद्वारा प्रकाशित ‘नेपाली भाषा साहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ शीर्षकको बृहत् ग्रन्थको लोकार्पण गरिएको छ ।

     उक्त ग्रन्थमा नेपाल तथा भारतका विभिन्न विश्वविद्यालयसँग सम्बन्धित २५ वटा गहन अनुसन्धानात्मक आलेख समावेश गरिएको नइ एकेडेमीका सदस्य–सचिव नरेन्द्र प्रसाईंले जानकारी दिनुभयो । 

     तीन दिनसम्म सञ्चालन हुने यस सम्मेलनमा नेपाल र भारतका विभिन्न विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता तथा प्राज्ञिक व्यक्तित्वहरूको सहभागिता रहेको छ । सम्मेलनले नेपाली भाषा, साहित्य र अनुसन्धानका क्षेत्रमा अन्तरदेशीय सहकार्यलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend