Logo

बुधवार, कार्तिक १२ गते २०८३

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

  • समाचार
  • चैत्र ३०, २०८२ सोमवार १६:३१ बजे
  • 235
    SHARES
  • नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

    काठमाडौँ, ३० चैत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४.१८ अङ्कले घटेर दुई हजार ८३३.६० बिन्दुमा कायम भएको हो ।

    आज ३४२ कम्पनीको दुई करोड एक लाख ६३ हजार ७९३ कित्ता सेयर एक लाख एक हजार १८० पटक खरिदबिक्री हुँदा आठ अर्ब ६६ करोड ५५ लाख ६८ हजार ६४१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आजको कारोबारमा बैंकिङ ०.४७, विकास बैंक ०.५५, वित्त ०.२९, जीवन बीमा ०.४६, लघुवित्त ०.४२, व्यापार ०.२१ र अन्य समूह १.६२ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । आज होटल तथा पर्यटन १.०२, जलविद्युत् ०.६६, लगानी ०.१३, उत्पादन तथा प्रशोधन ०.४०, म्युचुअल फन्ड ०.३६ र निर्जीवन बीमा ०.४६ प्रतिशतले बढेको छ ।

    आजको कारोबारमा चारवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend