Logo

बुधवार, कार्तिक १२ गते २०८३

प्रधानमन्त्री कपको आजको खेलमा मधेस प्रदेश विजयी

प्रधानमन्त्री कपको आजको खेलमा मधेस प्रदेश विजयी

  • समाचार
  • बैशाख २, २०८३ बुधवार २०:५६ बजे
  • 463
    SHARES
  • प्रधानमन्त्री कपको आजको खेलमा मधेस प्रदेश विजयी

    वीरगञ्ज (पर्सा), २ वैशाखः प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा मधेस प्रदेशले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । आज वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा मधेस प्रदेशले चार विकेटले नेपाल पुलिस क्लबलाई हराएको हो । नेपाल पुलिस क्लबले ४० दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १३० रन जोडेको थियो ।

    नेपाल पुलिस क्लबका कुशल भुर्तेलले ४२ बलमा ३९ रन जोडेका थिए । त्यस्तै नेपाल पुलिस क्लबका शङ्कर रानाले ६१ बल खेल्दै २७ रन जोडेका थिए । मधेस प्रदेशका आशिक बैंठा र पवन सर्राफले समान तीन–तीन विकेट लिएका थिए ।

    मधेस प्रदेशले २४ दशमलव १ ओभरमा छ विकेट गुमाउँदै एक सय ३१ रन जोडेको थियो । मधेस प्रदेशका अरनिको यादवले ४४ बल खेल्दै ६५ रन जोडेका थिए भने रूपेश सिंहले पनि २९ बलमा २७ रन जोडेका थिए । नेपाल पुलिस क्लबका गुल्सन झाले तीन विकेट र सागर ढकालले दुई विकेट लिएका थिए ।

    आजको खेलमा मधेस प्रदेशका अरनिको यादव प्लेयर अफ दि म्याच घोषित हुँदै नगद रु पाँच हजार पुरस्कार पाएका छन् । प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल यही वैशाख ४ गते हुँदैछ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend