Logo

बुधवार, कार्तिक १२ गते २०८३

स्वास्थ्य चौकी निर्माण हुँदै

स्वास्थ्य चौकी निर्माण हुँदै

  • समाचार
  • बैशाख ४, २०८३ शुक्रवार १५:५२ बजे
  • 469
    SHARES
  • स्वास्थ्य चौकी निर्माण हुँदै

    गलकोट (बागलुङ), ४ वैशाखः भारत सरकारको सहयोगमा बागलुङको बडिगाड गाउँपालिकास्थित भीमगिठे स्वास्थ्य चौकी भवन निर्माण गरिँदै छ ।

    बडिगाड गाउँपालिका–७ स्थित चौकीको भवन बिहीबार शिलान्यास गरिएको छ । बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमारसिंहले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो ।

    रु दुई करोड ५० लाखमा निर्माण हुन लागेको उक्त स्वास्थ्य चौकी उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमअन्तर्गत बडिगाड गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ । नेपाल–भारतबीचको द्विपक्षीय सहकार्यअन्तर्गत यस्ता परियोजनाले स्थानीय पूर्वाधार विकाससँगै समृद्धि प्रवद्र्धनमा टेवा पुग्ने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend