Logo

बुधवार, कार्तिक १२ गते २०८३

उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

  • समाचार
  • बैशाख १७, २०८३ बिहिवार ०८:१५ बजे
  • 454
    SHARES
  • उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    वीरगञ्ज (पर्सा), १७ वैशाखः उद्यमी–व्यवसायी जाँचपास प्रक्रियामा सहभागी नहुँदा वीरगञ्ज भन्सारलगायत मुलुकका विभिन्न भागमा अवस्थित भन्सार कार्यालयबाट राजस्व सङ्कलन प्रभावित भएको छ ।

    वीरगञ्ज भन्सार कार्यालयले आयातीत एवं निर्यात गरिने सामग्रीको अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्न खोज्दा दुई दिनदेखि आयात तथा निर्यातकर्ता भन्सार जाँचपास प्रक्रियामा सहभागी भएका छैनन् ।

    आयातकर्ता भन्सार जाँचपास गर्न फाराम भर्नेदेखि घोषणा गर्नेसम्मका प्रक्रियागत कार्यमा सरिक नहुँदा भन्सार जाँचपास रोकिएको हो ।

    उद्यमी–व्यवसायीको असहयोगका कारण राजस्व सङ्कलन प्रभावित भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख कृष्णप्रसाद मैनालीका अनुसार आयात–निर्यातकर्ताले जाँचपासको फाराम भर्नेदेखि घोषणा गर्नेसम्मका काममा सरिक नहुँदा जाँचपास रोकिएको हो ।

    सरकारको हालैको निर्णयअनुसार भन्सार विन्दुमा आएका सबै किसिमका उत्पादनमा अनिवार्य रुपमा एमआरपी लागू गर्ने निर्णय गरेको थियो ।

    पेट्रोलियम पदार्थ, सागसब्जी, फलफूल तथा औद्योगिक कच्चापदार्थको भन्सार जाँचपासमा कुनै समस्या नभएको विभागले जनाएको छ । त्यसबाट रु ३१ करोड राजस्व सङ्कलन भएको छ । वीरगन्ज भन्सार कार्यालयले दैनिक रु ५० देखि ६० करोडसम्म राजस्व सङ्कलन गर्दै आएको छ ।

    यसैबीच, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले एमआरपी अव्यावहारिक भएकाले आफूहरु भन्सार जाँचपास प्रक्रियामा सहभागी नाएको बताउनुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend