Logo

बुधवार, कार्तिक १२ गते २०८३

आजदेखि ‘सुदूरपश्चिम कचहरी’

आजदेखि ‘सुदूरपश्चिम कचहरी’

  • समाचार
  • जेठ २, २०८३ शनिवार ०७:४३ बजे
  • 496
    SHARES
  • आजदेखि ‘सुदूरपश्चिम कचहरी’

    कैलाली, २ वैशाखः कैलालीको धनगढीमा आजदेखि ‘सुदूरपश्चिम कचहरी २०८३’को सुरु हुँदै छ । सुदूरपश्चिम विकास फाउण्डेसनको आयोजना तथा प्रदेश नीति तथा योजना आयोगको समन्वयमा उक्त कार्यक्रम हुन लागेको हो ।

    आइतबारसम्म हुन लागेको उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको फाउण्डेसनका अध्यक्ष शेरबहादुर शाहीले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रमले सुदूरपश्चिम प्रदेशको समग्र विकास र समृद्धिलाई झल्काउने अध्यक्ष शाहीको भनाइ छ ।

    सुदूरपश्चिम प्रदेशको समग्र विकास, समृद्धि र नीतिगत सुधारका लागि आयोजना हुने कार्यक्रमले प्रदेशको समृद्धि र सम्भावनालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पु¥याउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

    “दुई दिन हुने कार्यक्रममा शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी, कृषि, पूर्वाधार, सुरक्षित आप्रवासन तथा सुशासनका विषयमा आधारित नीतिगत बहस गरी साझा विकास दृष्टिकोण तयार गरिनेछ”, अध्यक्ष शाहीले भन्नुभयो, “कार्यक्रममा उठेका निष्कर्ष तथा सुझावलाई नेपाल सरकारको आगामी बजेट तथा नीतिनिर्माण प्रक्रियामा समावेश गराउन केन्द्र सरकारसमक्ष पठाइनेछ ।”

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend