Logo

बुधवार, कार्तिक १२ गते २०८३

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

  • समाचार
  • जेठ ५, २०८३ मंगलवार २१:४८ बजे
  • 550
    SHARES
  • गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

    गण्डकी, ५ जेठः गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज अधिवेशन आह्वान गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    यही जेठ ११ गते सोमबार अपराह्न २ः०० बजेदेखि प्रदेशसभा भवन पोखरामा अधिवेशन आरम्भ हुने सचिवालयद्वारा आज जारी सूचनामा उल्लेख गरिएको छ । बर्खे अधिवेशनका रूपमा समेत लिइने बजेट अधिवेशनमा प्रदेश सरकारको आगामी आव २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत हुने जनाइएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend