Logo

बुधवार, कार्तिक १२ गते २०८३

लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित

लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित

  • समाचार
  • आषाढ २३, २०८३ मंगलवार १९:४७ बजे
  • 406
    SHARES
  • लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित

    काठमाडौँ, २३ असार : प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले आन्तरिक कार्यविधि पारित गरेको छ । समितिको आजको बैठकले परिमार्जनसहित उक्त कार्यविधि पारित गरेको सचिव एकराम गिरीले जानकारी दिनुभयो ।

    बैठकमा समितिअन्तर्गत विभिन्न उपसमिति गठनसम्बन्धमा पनि छलफल भएको थियो । समितिको कामकारबाहीमा सहजीकरणका लागि पाँच उपसमिति गठनको प्रस्ताव गरिएको छ । प्रस्तावित उपसमितिका सम्बन्धमा सबै दलको प्रतिनिधित्व रहेको कार्य परामर्श उपसमितिमा थप छलफल गरी टुङ्गोमा पुग्ने सहमति भएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend