Logo

बुधवार, कार्तिक १२ गते २०८३

सङ्खुवासभाबाट गाँजासहित पक्राउ

सङ्खुवासभाबाट गाँजासहित पक्राउ

  • समाचार
  • आषाढ २९, २०८३ सोमवार १९:५२ बजे
  • 283
    SHARES
  • सङ्खुवासभाबाट गाँजासहित पक्राउ

    किमाथाङ्का (सङ्खुवासभा), २९ असार : खाँदबारीबाट अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

    खाँदबारी नगरपालिका–८, अर्चलेका स्थानीय ७० वर्षीया रत्नबहादुर मगर दुई किलो ९२८ ग्राम गाँजासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो ।

    मगरले निजको घरमा लागुऔषध गाँजा लुकाइछिपाइ बिक्री–वितरण गर्ने गरेको गोप्य सूचनाका आधारमा आइतबार पक्राउ गरेर सार्वजनिक गरिएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend