Logo

बुधवार, कार्तिक १२ गते २०८३

सुदूरपश्चिम प्रदेश सरकारबाट एमालेको समर्थन फिर्ता

सुदूरपश्चिम प्रदेश सरकारबाट एमालेको समर्थन फिर्ता

  • समाचार
  • आषाढ ३१, २०८३ बुधवार १९:०९ बजे
  • 292
    SHARES
  • सुदूरपश्चिम प्रदेश सरकारबाट एमालेको समर्थन फिर्ता

    सुदूरपश्चिम, ३१ असारः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ ।

    धनगढीमा आज बसेको एमाले प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिनुभयो । उहाँले आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा पार्टीको असहमति रहेको र समाधानका लागि छलफल भइरहेका बेला आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई पदमुक्त गरेपछि समर्थन फिर्ता लिनुपरेको बताउनुभयो ।

    नेता रावलले पार्टीभित्र छलफल तथा नेताहरुसँग आवश्यक परामर्शपछि आगामी योजना निर्माण गरिने र प्रदेश सरकार तथा बजेटबारे धारणा सार्वजनिक गरिने जानकारी दिनुभयो ।

    मुख्यमन्त्री कमलबहादुर शाहले आजै एमालेबाट सरकारमा प्रतिनिधित्व गर्ने भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्की र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई पदमुक्त गर्नुभएको थियो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend