Logo

बुधवार, कार्तिक १२ गते २०८३

सप्रिम सहकारी प्रकरण : थुनछेक बहस जारी, आदेश शुक्रबार आउने

सप्रिम सहकारी प्रकरण : थुनछेक बहस जारी, आदेश शुक्रबार आउने

  • समाचार
  • बैशाख ६, २०८१ बिहिवार १९:४१ बजे
  • 628
    SHARES
  • बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी घोटाला प्रकरणमा पक्राउ परेकाहरूको थुनछेक बहस जारी छ । जिल्ला अदालत रुपन्देहीमा बिहीबार प्रतिवादीको तर्फबाट ७ जना अधिवक्ताहरूले बहस गरेका हुन् ।

    न्यायाधीश डा प्रकाश उप्रेतीको इजालालमा बिहीबार ४ जनाको बयान सकिएपछि थुनछेक बहस सुरु भएको हो ।

    अधिवक्ताहरू जोख बहादुर खत्री (विक्रम), बाबुराम पाण्डेय, शिव गौडल, कृष्ण पोखरेल, हेमराज पन्तलगायत ७ जनाले बहस गरेका हुन् ।

    अझै ४ जना अभिवक्ताहरूको बहस गर्न बाँकी रहेको छ । उनीहरूले शुक्रबार बहस गर्ने जिल्ला अदालत रुपन्देहीले जनाएको छ । त्यसपछि शुक्रबार नै आदेश आउने जनाइएको छ ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend