Logo

बुधवार, कार्तिक १२ गते २०८३

सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’

सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’

  • समाचार
  • श्रावण ६, २०८३ बुधवार २०:०९ बजे
  • 187
    SHARES
  • सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’

    गण्डकी ६ साउनः घरगाउँमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्राण्डिङ र बजारीकरण गरिएको छ । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीस्थित आदानप्रदान कृषि सहकारी संस्था लिमिटेडले पिठो प्रशोधन, ‘लेबलिङ’ तथा ‘प्याकेजिङ’ गरी बिक्रीवितरण सुरु गरेको हो ।

    किसानले उत्पादन गरेको कोदो र फापरलाई प्रशोधन गरी गुणस्तरीय प्याकेजिङसहित बजारमा ल्याइएको सहकारीका अध्यक्ष नन्दलाल पाध्यायले बताउनुभयो । जिल्ला कृषि विकास कार्यालयको ७५ प्रतिशत अनुदान सहयोगमा उपकरण पाएपछि सहकारीले ‘लेबलिङ’ तथा ‘प्याकेजिङ’को काम सुरु गरेको उहाँको भनाइ छ ।

    स्थानीय उत्पादनको बजारीकरणसँगै किसानलाई आयआर्जनसँग जोड्न पिठोलाई ब्राण्डिङ गरिएको अध्यक्ष पाध्याले बताउनुभयो । सहकारीले फापरको पिठो प्रतिकिलो रु २६० र कोदोको पिठो प्रतिकिलो रु १६० निर्धारण गरेको छ ।

    पहिलो चरणमा ५० किलो कच्चा पदार्थबाट पिठो उत्पादन, प्रशोधन र प्याकेजिङ सुरु गरिएको जनाइएको छ । उक्त काममा सहकारीका दुई कर्मचारीसहित पदाधिकारी र सदस्यसमेत आफँै खटिने गरेका छन् । कोदो र फापर खेतीको अवस्था र बजार मागलाई हेरेर उत्पादनलाई थप वृद्धि गर्दै लैजाने योजना रहेको अध्यक्ष पाध्याले बताउनुभयो ।

    बजारमा आउने तयारी वस्तुको तुलनामा स्थानीय उत्पादनको लागत बढी हुनाले बजार व्यवस्थापन नै मुख्य चुनौतीका रूपमा रहेको उहाँको भनाइ छ । स्वादिष्ट र स्वास्थ्यवद्र्धक हुने भएकाले स्थानीय उत्पादनतिर उपभोक्ताको आकर्षण बढ्ने सहकारीको विश्वास छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend