Logo

बुधवार, कार्तिक १२ गते २०८३

लहान पुगे गृहमन्त्री गुरुङ

लहान पुगे गृहमन्त्री गुरुङ

  • समाचार
  • श्रावण १५, २०८३ शुक्रवार २१:०७ बजे
  • 301
    SHARES
  • लहान पुगे गृहमन्त्री गुरुङ

    काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ सिरहाको लहान पुगेका छन् ।

    लहानमा बिहीबार प्रदर्शन भएको थियो। बिराटनगरबाट सप्तरी हुँदै उनी लहान पुगेका हुन् । लहानमा मधेसमा कार्यरत सुरक्षा प्रमुखहरू र स्थानीय राजनीतिक दलका नेताहरू, स्थानीय जनप्रतिधिहरुसँग मन्त्री गुरुङले छलफल गरिरहेका छन्।

    हिन्दु र मुस्लिम दङ्गा भड्किएपछि लहानमा पनि कर्फ्यु आदेश जारी गरिएको छ। बिहीबार सिरहाको गोलबजारमा दुई पक्षको बिचमा झडप हुँदा औरही गाउँपालिका–२ घर भएका १८ वर्षीय गणेश यादवको मृत्यु भएको थियो । स्थिति अशान्त बनेसँगै सिरहा, धनुषा र पर्सामा कर्फ्यु आदेश जारी गरिएको छ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend