Logo

मंगलवार, कार्तिक ११ गते २०८३

उपचार नपाएर दम्पतीले खोलामा फाल हाल्नु राज्यका लागि ऐना : सांसद सिंह

उपचार नपाएर दम्पतीले खोलामा फाल हाल्नु राज्यका लागि ऐना : सांसद सिंह

  • समाचार
  • श्रावण २२, २०८३ शुक्रवार २१:०४ बजे
  • 640
    SHARES
  • उपचार नपाएर दम्पतीले खोलामा फाल हाल्नु राज्यका लागि ऐना : सांसद सिंह

    काठमाडौँ । काभ्रेको कुन्दाबेसिका केदारनाथ पराजुली र उनकी श्रीमतीले उपचार नपाएर सुनकोसीमा फाल हालेको सत्य भए यो राज्यका लागि ऐना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले बताएका छन्।

    श्रीमतीलाई क्यान्सर भएर उपचार हुन नसक्दा दुवै जना एकैपटक खोलामा फाल हाल्नु सामान्य कुरा नभएको उनले सामाजिक सञ्जालमा लेखेका छन्।

    देशमा गरिबले उपचार, गृहिणीले ग्यास, युवाले रोजगार, किसानले मल र गाउँघरका जनताले सिटामोलसम्म नपाएको भन्दै उनले असन्तुष्टि जनाएका छन्। राज्य संयन्त्र कसरी चलेको छ भन्दै उनले प्रश्न समेत गरेका छन्। यस्ता विषयमा राज्य गम्भीर र संवेदनशील हुनुपर्ने धारणा उनले व्यक्त गरेका छन्।

    काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हाम फालेर बेपत्ता भएका पराजुली दम्पतीको खोजी कार्य दोस्रो दिन पनि जारी रह्यो। बेपत्ता दम्पतीको खोजीका लागि प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायका प्रमुखहरू घटनास्थलमै खटिएका थिए ।

    बुधबार साँझ करिब ६ः ३० बजे मण्डनदेउपुर नगरपालिका–७ का ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुलीले सुनकोशी नदीमा हाम फालेपछि उनीहरू बेपत्ता भएका थिए।

    घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले खोजी अभियान सञ्चालन गरे पनि उनीहरू फेला नपरेपछि थप सुरक्षा टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend