Logo

मंगलवार, कार्तिक ११ गते २०८३

एमाले बागमती संसदीय दलको बैठक भदौ २ गते बस्ने

एमाले बागमती संसदीय दलको बैठक भदौ २ गते बस्ने

  • समाचार
  • श्रावण ३१, २०८३ आइतवार २०:२० बजे
  • 397
    SHARES
  • एमाले बागमती संसदीय दलको बैठक भदौ २ गते बस्ने

    मकवानपुर। नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक आगामी २ गते बस्ने भएको छ । सत्ता सङ्घर्ष र आन्तरिक विवादमा फसेको एमालेको संसदीय दलको बैठक २ गते ११ बजेका लागि आह्वान गरेको हो ।

    उक्त बैठकमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियामाथि परेको अविश्वास प्रस्ताव माथि छलफल गर्ने कार्यसूची रहेको छ। लामो समयको अन्योलतालाई चिर्दै एमालेले संसदीय दलको बैठक आह्वान गरेको हो ।

    एमाले संसदीय दलको नेताबाट जेएन थपलियालाई हटाउन गत बुधबार मात्र संसद् सचिवालय हेटौँडा र संसदीय दलको कार्यालयमा अविश्वास प्रस्ताव दर्ता भएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्देशनमा नेता थपलियालाई हटाउन १६ जना सांसदहरूको हस्ताक्षर सहित अविश्वास प्रस्ताव दर्ता भएको थियो।

    पूर्वस्वास्थ्यमन्त्री किरण थापा मगरलाई दलको नेता बनाउने प्रस्ताव सहित परेको उक्त अविश्वास प्रस्ताव दर्ता भएको थियो। सोही अनुसार एमालेले शीर्ष तह संसदीय दलको नेता सहजै परिवर्तनको तयारीमा रहेको छ भने वर्तमान संसदीय दलका नेता थपलिया भने अविश्वास प्रस्ताव फेस गर्ने पक्षमा देखिएका छन्।

    यता नेपाली कांग्रेससँग सत्ता साझेदारी त्यागेर एमालेले नेकपासँग सरकार गठनका लागि गठबन्धन गरेको छ । बागमतीमा एमाले र नेकपाले (बाम गठबन्धन) सरकार निर्माण गर्ने तयारीमा जुटिरहँदा एमाले भित्र आन्तरिक विवाद चुलिएको हो । संसदीय दलको नेताको विषय टुङ्ग्याएर एमाले सरकार निर्माणमा अघि बढ्ने तयारी रहेको छ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend