Logo

मंगलवार, कार्तिक ११ गते २०८३

प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ सङ्कलन

प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ सङ्कलन

  • समाचार
  • भाद्र २४, २०८३ बुधवार १९:३७ बजे
  • 403
    SHARES
  • रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीपछिको उद्धार, राहत तथा पुनस्स्थापनाका लागि प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ सङ्कलन भएको छ। सरकारले सहयोगका लागि सार्वजनिक आह्वान गरेपछि स्वदेश तथा विदेशबाट प्राप्त सो रकम अहिले कोषमा मौज्दात रहेको छ।

    कोषमा जम्मा भएको कुल रकममध्ये विभिन्न ९ वटा वाणिज्य बैंकका खातामा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ रहेको छ भने दुई वटा वाणिज्य बैंकमा २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर जम्मा भएको छ।

    बाढी प्रभावित क्षेत्रमा तत्काल राहत वितरण तथा उद्धार कार्य सञ्चालन गर्न यसै कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा भइसकेको छ। सङ्कलित उक्त रकम प्रभावित क्षेत्रको पुनर्निर्माण र पीडितहरूको दीर्घकालीन पुनस्स्थापनाका लागि पारदर्शी ढङ्गले प्रयोग गरिने छ।


    श्रोत: नेपाल सरकार


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend